माघ १७, २०८२ शनिबार | ०४:५७:३९
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

एसियाली खेलकुदः नेपालका दुवै भलिबल टोली कठिन समूहमा

काठमाडाैं । अगामी असोज ६ देखि २१ सम्म चीनको हाङ्झाउमा हुने १९औँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल कठिन समूहमा परेको छ ।

बिहीबार सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपालसँगै समूह ‘सी’ मा दक्षिण कोरिया र भियतनाम छन् । विश्व वरीयतामा कोरिया ३५औं र भियतनाम ४७औं स्थानमा छन्।

यसैगरी समूह ‘ए’ मा आयोजक चीन, भारत र उत्तर कोरिया, समूह ‘बी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ र मंगोलिया तथा समूह ‘डी’ मा जापान, काजकिस्ता, अफगानिस्ता र हङकङ छन् ।

नेपाली महिला भलिबल टोलीले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ ।

यसैगरी नेपाली पुरुष टोली पनि कठिन समूहमा परेको छ । नेपाल रहेको समूह ‘बी’ मा इरान र बहराइन छन् । इरान पछिल्ला दुई संस्करणको स्वर्ण पदक विजेता टोली हो । 

विश्व वरीयतामा इरान १०औं र बहराइन ७६औं स्थानमा छन्।नेपालका दुवै टाेली भलिबलको आधिकारीक वरीयतामा समावेश छैनन्।

यसैगरी समूह ‘ए’ मा आयोजक चीन, किर्गिस्तान र उज्वेकिस्तान, समूह ‘सी’ मा दक्षिण कोरिया, भारत र कोम्बोडिया, समूह ‘डी’ मा चाइनिज ताइपेइ, पाकिस्तान र मंगोलिया छन् ।

यस्तै कतार, थाइल्यान्ड र हङकङ समूह ‘इ’ तथा जापान, इन्डोनेसिया, फिलिपिन्स र अफगानिस्तान समूह‘एफ’ मा अटाएका छन् ।  

नेपाली पुरुष टोलीले पाँचौं पटक पटक एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ । यसअघि ननेपालले सन् १९७८, १९८२, १९८६ र २०१८ को एसियाली खेलकुदमा सहभागिता जनाएको थियो । 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।