चैत्र ६, २०८२ शुक्रबार | ००:३८:०२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एसियाली खेलकुदः नेपालका दुवै भलिबल टोली कठिन समूहमा

काठमाडाैं । अगामी असोज ६ देखि २१ सम्म चीनको हाङ्झाउमा हुने १९औँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल कठिन समूहमा परेको छ ।

बिहीबार सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपालसँगै समूह ‘सी’ मा दक्षिण कोरिया र भियतनाम छन् । विश्व वरीयतामा कोरिया ३५औं र भियतनाम ४७औं स्थानमा छन्।

यसैगरी समूह ‘ए’ मा आयोजक चीन, भारत र उत्तर कोरिया, समूह ‘बी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ र मंगोलिया तथा समूह ‘डी’ मा जापान, काजकिस्ता, अफगानिस्ता र हङकङ छन् ।

नेपाली महिला भलिबल टोलीले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ ।

यसैगरी नेपाली पुरुष टोली पनि कठिन समूहमा परेको छ । नेपाल रहेको समूह ‘बी’ मा इरान र बहराइन छन् । इरान पछिल्ला दुई संस्करणको स्वर्ण पदक विजेता टोली हो । 

विश्व वरीयतामा इरान १०औं र बहराइन ७६औं स्थानमा छन्।नेपालका दुवै टाेली भलिबलको आधिकारीक वरीयतामा समावेश छैनन्।

यसैगरी समूह ‘ए’ मा आयोजक चीन, किर्गिस्तान र उज्वेकिस्तान, समूह ‘सी’ मा दक्षिण कोरिया, भारत र कोम्बोडिया, समूह ‘डी’ मा चाइनिज ताइपेइ, पाकिस्तान र मंगोलिया छन् ।

यस्तै कतार, थाइल्यान्ड र हङकङ समूह ‘इ’ तथा जापान, इन्डोनेसिया, फिलिपिन्स र अफगानिस्तान समूह‘एफ’ मा अटाएका छन् ।  

नेपाली पुरुष टोलीले पाँचौं पटक पटक एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ । यसअघि ननेपालले सन् १९७८, १९८२, १९८६ र २०१८ को एसियाली खेलकुदमा सहभागिता जनाएको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो