इङ्लिस प्रिमियर लिग

फेलिक्स भित्र्याउने दौडमा म्यानचेस्टर, न्यूक्यासल र एस्टन भिल्ला

काठमाडौं । इङ्लिस प्रिमियर लिगका क्लब म्यानचेस्टर युनाइटेड, न्यूक्यासल युनाइटेड र एस्टन भिल्लाले पोर्चुगिज फरवार्ड जाओ फेलिक्स अनुबन्धमा चासो देखाएका छन् ।

उनीहरुले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट फेलिक्स भित्र्याउन चाहेका हुन् ।

सन् २०१९ मा पोर्चुगिज क्लब बेन्फिाकाबाट १ सय १३ मिलियन पाउन्डमा एट्लेटिको भित्रिएको फेलिक्सले ९६ स्पेनिस ला लिगा खेलमा २५ गोल गरे ।

गत सिजन इङ्लिस क्लब चेल्सीबाट लोनमा खेलेका फेलिक्सले १६ प्रिमियर लिग खेलमा ४ गोल गरेका थिए ।