एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

हेल्प नेपालको लगातार पाँचौं जित

फाइल फोटो

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार पाँचौं जित निकालेको जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो ।

सुरुआती दुई सेट २५-२७ र १७-२५ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले त्यसपछिका २ सेट २५-२१, २५-२३ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पाँचौं तथा निर्णायक खेल १६-१४ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले विजयी यात्रा कायम राखेको हो ।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको हेल्प नेपाल शीर्ष स्थानमा उक्लिएको छ । लगतार दोस्रो पराजय ब्यहोरेको एपिएफको समान खेलबाट १० अंक छ ।

अब समूह चरणको अन्तिम खेलमा शुक्रबार हेल्प नेपालले आर्मी र एपिएफले पुलिस सामना गर्नेछन् ।

बिहीबार नै सम्पन्न महितार्फको खेलमा आर्मीले एभरेस्ट भलिबल क्लब तथा एपिएफले न्यू डायमन्ड युथ स्पोर्टस क्लबमाथि समान ३-० को जित निकालेका थिए ।

यसैगरी पुरुषतर्फ पुलिसले आर्मी र गण्डकीले शैलुङ्ग बागढुङ्गाको सामना गर्नेछन् ।