एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

एपिएफ सोझो सेटमा विजयी

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ चौथो जित निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार सम्पन्न खेलमा एपिएफले न्यू डायमन्ड युथ स्पोर्टस क्लबलाई ३-०को सोझो सेटमा पराजित गरेको हो ।

समूह चरणको आफ्नो अन्तिम खेल एपिएफले २५-१९,२५-१८ र २५-१२ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै एपिएफले ५ खेलमा ११ अंक जोडेको छ । पहिलो पराजय ब्याहोरेको न्यू डायमन्डको समान खेलबाट ८ अंक छ ।

न्यू डायमन्डले समूह चरणको अन्तिम खेलमा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

बिहीबार नै सम्पन्न महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा पराजित गरेको थियो ।

यसैगरी पुरुषतर्फ हेल्प नेपालले एपिएफ, पुलिसले आर्मी र गण्डकीले शैलुङ्ग बागढुङ्गाको सामना गर्नेछन् ।