इङ्लिस प्रिमियर लिग

डंक सन् २०२६ सम्म ब्राइटनमै

लन्डन ।इङ्लिस प्रिमियर लिगको क्लब बइटनका कप्तान लुइस डंकले तनि वर्षका लागि सम्झौता नविकरण गरेका छन ।

ब्राइटनको एकेडेमीका उत्पादक समेत रहेका डंकले गत सिजन नै क्लबबाट ४ सय खेल खेल्ने कीर्तिमान बनाएका थिए । ब्राइटनले गत सिजन छैटौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो । 

ब्राइटनले यस सिजनको युरोपा कपमा समेत स्थान बनाएको थियो । सम्झौताको दुई वर्ष बाँकी रहे पनि उनले तीन वर्षको सम्झौता थप गरेका हुन ।  उनी सन् २०२६ सम्म ब्राइटनमै रहनेछन । 

'म क्लबसँग तीन वर्षको सम्झौता थप गर्न पाउँदा उत्साही छु. ,उनले भने ।

डंकले सन् २०१० मा ब्राइटनबाट डेब्यु गरेका थिए ।