एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिसमाथि हेल्प नेपालको रोमाञ्चक जित

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार चौथो जित निकालेको छ ।

हेल्प नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबमाथि ३-२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-२० ले जितेको हेल्प नेपालले दोस्रो सेट २०–२५ ले गुमायो । तेस्रो सेट ३०–२८ ले जितेको हेल्प नेपाल चौथो सेटमा १८–२५ ले निराश भयो । पाँचौं तथा निर्णायक सेट २४–२२ ले जित्दै हेल्प नेपालले नतिजा आफ्नो पक्षमा पारेको हो ।

बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा शैलुङ्गले दावाली मिलन क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो  ।