अल-अहली

पोग्वा अनुबन्धका लागि अल-अहलीको प्रस्ताव

 काठमाडौं । साउदी अरबियन क्लब अल-अहलीले फ्रेन्च मिडफिल्डर पाउल पोग्बा अनुबन्धका लागि ठूलो रकमको प्रस्ताव गरेको छ ।

इटालियन पत्रिका ला गजेटा डेलो स्पोर्टका अनुसार अल-अहलीले पोग्बाका लागि १ सय मिलियन युरो र बोनससहित तीन सिजनका लागि प्रस्ताव राखेकाे छ ।

३० वर्षीय पाेग्वा गत सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इटालियन क्लब युभेन्टस फर्किएका थिए । युनाइटेडमा पोग्बाले ६ वर्ष बिताएका थिए । चोटका कारण पोग्बाले गत सिजन १ सय ६१ मिनेट मात्र खेले ।

अल-अहलीले यस सिजन ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिनो अनुबन्ध गरिसकेकाे छ ।