अल -हिलाल

सिल्भा भित्र्याउने अल-हिलालको इच्छा

काठमाडौं । साउदी अरेबियन क्लब अल-हिलालले पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा अनुबन्धको इच्छा देखाएको छ ।

सिबिएस स्पोर्टसका अनुसार अल -हिलालले सिल्भा अुनबन्धका लागि इङ्लिस क्लब म्यानचेस्टर सिटीसामू ६० मिलियन पानउन्डको प्रस्ताव राखेको छ ।

सन् २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट सिटी भित्रिएको सिल्भाले २ सय प्रिमियर लिग खेलमा ३३ गोल गरे ।

गत सिजन सिटीलाई ट्रेबल जिताउन सिल्भाले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

२८ वर्षीय सिल्भा अनुबन्धका लागि बार्सिलोना, पेरिस सेन्ट जर्मन (पिएसजी) लगायतका क्लबहरुले पनि चासो देखाइरहेका छन् ।