नेपाल फुटबल क्लब एसोसियसन

शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब एसोसियसन तदर्थ समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष तथा हिमलयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ् शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब एसोसियसन तदर्थ समिति गठन  भएको छ ।

   सोमबार बसेको क्लबहरुको बैठकले शेर्पाको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

यसैगरी समितिको उपाध्यक्षमा मनाङ मर्स्याङ्दी क्लबका विजय घले र रानिपोखरी कर्नर टिम (आरसिटी) का कुमारराज भण्डारी, महासचिवमा मध्यपूर युथ एसोसिएसनका उपेन्द्रमान सिंह, सचिवमा सानेपा क्लबका ध्रुवविक्रम पाण्डे, कोषाध्यक्षमा एस.एएस स्पोर्टिङ सँगाका मनोरथ आचार्य चयन भए ।

यसैगरी सदस्यमा संकटा क्लबका इन्द्रमान तुलाधर, फ्रेन्ड्स क्लबका विश्वासविक्रम शाह, सातदोबाटो युथ क्लबका कपिल राना, न्युरोड टिम (एनआरटी) का डिकेन सुवाल, नयाँ बस्ती युवा क्लबका रामकुमार तामाङ, सरस्वती क्लबका शिक्षित पराजुली र मनोहरा युनाइटेड क्लबका दीपक ज्ञावली चुनिए ।