इङ्लिस प्रिमियर लिग

डेस्ट भित्र्याउने फुलहम र क्रिस्टल प्यालेसको इच्छा

काडमाडौं ।  इङ्लिस क्लब फुलहम र क्रिस्टल प्यालेसले अमेरिकी रक्षक सर्जिनो डेस्ट अनुबन्धको इच्छा देखाएका छन् ।

फुलहम र क्रिस्टलले स्पेनिस क्लब बार्सिलोनाबाट डेस्ट अनुबन्ध गर्न चाहेका हुन् ।

सन् २०२० मा डच क्लब आयाक्सबाट बार्सिलोना भित्रिएका डेस्टले ५१ स्पेनिस ला लिगा खेलमा २ गोल गरे ।

डेस्टले गत सिजन इटालियन क्लब एसी मिलानबाट लोनमा खेलेका थिए । 

पछिल्लो समय चोटसँग संघर्षरत डेस्टले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । बार्सिलोना डेस्टलाई रिलिज गर्न चाहन्छ।