रोमेलु लुकाकु

लुकाकु रिलिज गर्न चेल्सी तयार

काठमाडौं । इङ्लिस क्लब चेल्सी बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु रिलिज गर्न तयार भएको छ ।

विभिन्न संञ्चारमाध्यममा आएका समाचारका अनुसार चेल्सीले लुकाकुको रिलिज क्लज ४० मिलियन पाउन्ड राखेको छ ।

लुकाकु सन् २०२१ मा इन्टरबाट चेल्सी भित्रिएका  थिए । तर चेल्सीले एक वर्ष पछि नै लुकाकुलाई लोनमा इन्टर नै पठाएको थियो ।

लुकाकुका लागि चेल्सी र इन्टरबीचको लोन सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो।

लुकाकु अनुबन्धका लागि इटालियन सिरी ‘ए’ क्लब  एसी मिलान र साउदी प्रो-लिग क्लब अल-हिलालले इच्छा देखाइरहेका छन् । इन्टरले भने लुकाकु अनुबन्धको प्रस्तावको  हाल सम्म कुनै जवाफ दिएको  छैन ।