एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

गण्डकीमाथि एपिएफको पुनरागमन जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ  ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार सम्पन्न खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३-१ को  सेटमा पराजित गरेको हो ।

पहिलो सेट २१-२५ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका ३ सेट २५-२१, २५-२३ र २५-१७ ले आफ्नो पक्षमा पर्यो ।

जितसँगै एपिएफले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको गण्डकीकाे १ अंक छ । पहिलो खेलमा एपिएफले दावाँली क्लबलाई ३-० को सोझो सेटमा हराउँदा गण्डकी पुलिससँग ३-२ को सेटमा स्तब्ध बनेको थियो ।  

अब एएिपएफले मंगलबार शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबको सामना गर्दा गण्डकीले सोमबार आर्मीसँग खेल्नेछ ।

आइतबार नै सम्पन्न पहिलो खेलमा हेल्प नेपालले शैलङ्ग र दोस्रो खेलमा आर्मीले दावाँलीलाई समान ३-० को सोझो सेटमा पराजित गरेका थिए ।

आइतबार नै हुने महिलातर्फका खेलमा एपिएफले आर्मी, न्यू डायमन्ड युथ स्पोर्टस क्लबले गण्डकी प्रदेश र पुलिसले एभरेस्ट भलिबल क्लबको सामना गर्नेछन् ।