एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

आर्मीको लगातार दोस्रो जित

फाइल फोटो

काठमाडौं ।  विभागीय टाेली त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ  ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार सम्पन्न खेलमा आर्मीले दावाँली क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले खेल २५-१९, २५-११ र २५-२० ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै आर्मीले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको दावाँली अंकविहिन छ । पहिलो खेलमा आर्मीले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराउँदा दावाँलीले एपिएफसँग ३-० सेटकै पराजय ब्यहोरेको छ ।

अब साेमबार आर्मीले गण्डकी प्रदेश तथा दावाँलीले हेल्प नेपालकाे सामना गर्नेछन् । 

आइतबार नै सम्पन्न पहिलो खेलमा हेल्प नेपालले शैलङ्गलाई ३-० को सोझो सेटमा हराएको थियो । आइतबार नै हुने पुरुषतर्फको अन्तिम नेपाल एफिएफ क्लब र गण्डकी प्रदेश आमने सामने हुनेछन् ।

यसैगरी महिलातर्फ एपिएफले आर्मी, न्यू डायमन्ड युथ स्पोर्टस क्लबले गण्डकी प्रदेश र पुलिसले एभरेस्ट भलिबल क्लबको सामना गर्नेछन् ।