फिफा वरीयता

नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं । नेपालको फिफा वरीयता खस्किएको छ । फिफाले बिहीबार निकालेको वरीयतामा नेपाल एक स्थान तल खस्किँदै १ सय ७५औं स्थानमा पुगेको हो ।

नेपालले ९ सय ५९ अंक प्राप्त गरेको छ । विश्वकप विजेता अर्जेन्टिना १ हजार ८ सय ८३ अंकका सथ शीर्ष स्थानमा कायम छ ।

फ्रान्स, ब्राजिल, इङ्ल्यान्ड, बेल्जियम, क्रोएसिया, नेदरल्यान्ड्स, इटाली, पोर्चुगल र स्पेन दोस्रो देखि १०औं स्थानमा छन् ।