इङ्लिस प्रिमियर लिग

नयाँ सिजनमा चेल्सी लयमा फर्कने एनकुन्कुको विश्वास

लन्डन । क्रिस्टोफर एनकुन्कुले चेल्सीलाई स्वभाविक लयमा फर्काउने चुनौती रहे पनि त्यसमा सफल हुने विश्वास व्यत्त गरेका छन ।

फ्रान्सका २५ वर्षका स्ट्राइकर एनकुन्कु गत साता मात्र स्टामफोर्ड ब्रिज भित्रिएका थिए । उनी जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिकबाट ६३ मिलियन युरोमा चेल्सी भित्रिएका हुन । उनको सम्झौता अबधी ६ वर्षका लागि रहेको छ ।

एनकुन्कुले डिसेम्बरमै चेल्सी आउन सहमती जनाइसकेका थिए । चेल्सी गोल लय भेट्टाउँदै पुनः दाबेदार छबी फर्काउन चाहन्छ । 

चेल्सीले गत सिजन प्रिमियर लिगको ३८ खेलमा मात्र ३८ गोल गरेको थियो ।

‘म चेल्सी नयाँ सिजनमा लयमा फर्कनेमा विश्वस्त छु र क्लबको योजना सफल पार्न शतप्रतिशत मिहेनत गर्नेछु,’ एनकुन्कुले भने ।

गत सिजन एनकुन्कुले लाइपजिकबाट ३६ खेलमा २३ गोल गरेका थिए ।