काभा पुरुष भलिबल नेसन्स लिग

काभा नेसन्स लिगः पहिलो जितको लक्ष्यमा नेपाल

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्दैछ ।

बिस्केकस्थित स्पोर्टस एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको लक्ष्यमा छ । नेपालले अघिल्ला पाँचै खेलमा हार ब्यहोरेको थियो ।

यसअघि नेपाललमंगोलिया, आयोजक किर्गिस्तान,  इरान, तुर्किमिनिस्तान किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो ।

२०७८ मंसिरमा बंगलादेशमा भएको एसियन पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितापछि नेपाल पहिलो पटक कोर्टमा फर्किएको हो ।  

काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिन पद्धतीमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।