युइएफए नेसन्स लिग

स्पेन युएएफए नेसन्स लिगको फाइनलमा

पेरिस । जोसेलुले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेको दिन बिहीबार स्पेनले दोस्रो सेमिफाइनलमा इटालीमाथि २-१ को जितसँगै युइएफए  नेसन्स लिगको  फाइनल प्रवेश गरेको छ । 

स्पेनले आइतबार हुने फाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसियाले बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४-२ ले हराएको थियो । 

खेलको तेस्रो मिनेटमै यारेमी पिनुको गोलमा इटालीले अग्रता लिएका थियो । त्यसको ८ मिनेटपछि नै इटाली खेलमा फर्किएको थियो । सिरो इमोबिलको पेनाल्टी गोलमा इटालीले खेल बराबरीमा ल्याएको थियो । २१औं मिनेटमा डाविड फ्राटेसीको गोलमा इटालीले अग्रता लिए पनि भिएआरले सो गोललाई मान्यता दिएन । खेल सकिन २ मिनेट बाँकी रहँदा जोसेलुले गरेको गोलमा स्पेनले फाइनलको यात्रा पक्का गरेको थियो । 

इटालीले आइतबार हुने तेस्रो स्थानको खेलका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ ।