महिला भलिबल

पुलिस च्याम्पियन

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

इटहरीस्थित प्रादेशिक रंगशालामा बिहीबार सम्पन्न फाइनलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।  

पुलिसले खेल २५-१९, २५-१४ र २५-१८ ले आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै पुलिसले तीन लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता एपिएफले एक लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा प्राप्त गर्यो।

पुलिसकी पुनम चन्द प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५५ हजार रुपैयाँ पाइन् । त्यस्तै एपिएफकी सरस्वती चौधरी वेस्ट स्पाइकर, बागमती प्रदेशकी सुमित्रा रेग्मी वेस्ट ब्लकर पुलिसका उषा भण्डारी वेस्ट सर्भर, कमला पुन वेस्ट तथा शान्तिकला तामाङ वेस्ट लिबेरो चुनिए ।

यसैगरी पुलिसका रुपेश विष्टप्रतियोगिताका उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले  जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।