इटालियन सिरी ए

जिरुडको निर्णायक गोलमा मिलान विजयी

काठमाडौं । ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ अन्तर्गत शुक्रबार रातिको खेलमा टोरिनोलाई १-० ले पराजित गरेको छ ।

यस जितसँगै २२ खेलमा ४१ अंक जोडेको मिलान तेस्रो स्थानमा उक्लिँदा पराजय ब्यहोरेको टोरिनो समान खेलबाट ३० अंकका साथ सातौं स्थानमा छ ।

घरेलु मैदान सान सिएरोमा मिलानलाई जित दिलाउन जिरुडले खेलको ६२ औं मिनेटमा निर्णायक गोल गरे । उनले थियो हर्नान्डेजको पासलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।