प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता

प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक १३ बाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कात्तिक १३ गते हुने पहिलो खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । सोही दिन बाग्मती प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागिय टोली गरि कुल १० टोलीको सहभागिता रहेको छ । समूह ए मा एपिएफ, त्रिभुवन आर्मी क्लब,कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश रहेका छन् भने समूह बी मा प्रदेश एक,नेपाल पुलिस क्लब,बाग्मती प्रदेश,लुम्बिनी प्रदेश,मधेश प्रदेश रहेका छन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।  प्रतियोगिताको फाइनल खेल कात्तिक २६ गते हुनेछ ।