महिला क्रिकेट

महिला क्रिकेट: प्रदेश १ र लुम्बिनीको खेल रद्द

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटअन्तर्गत सोमबार हुने तय भएको लुम्बिनी प्रदेश र प्रदेश नम्बर एकबीचको खेल वर्षाका कारण रद्द भएको छ । पोखरा रंगाशाला निरन्तर वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द भएको हो ।

सोमबार नै भएको पहिलो खेल पनि वर्षाका कारण प्रभावित भएको थियो । सयममा सुरु हुन नसकेर १६ ओभरमा घटाइएको उक्त खेलमा कर्णाली प्रदेशविरुद्ध डिएल मेथडमा विभागीय टिम नेपाल पुलिस क्लबले जित निकालेको थियो ।

भोलि हुने पहिलो खेलमा एपिएफ क्लब र बागमती प्रदेश तथा दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी आमनेसामने हुने तय छ ।