ब्लेकले ललितपुरबाट इपिएल खेल्ने

काठमाडौं, (खेलाडी)- साविक विजेता ललितपुर प्याट्रियोट्सले एभरेस्ट प्रिमियर लिगको चौथो संस्करण (इपिएल) का लागि विदेशी खेलाडीको कोटामा इङ्ल्यान्डका क्रिकेटर एलेक्स ब्लेकलाई भित्राएको छ । 

ललितपुरले बुधबार आफ्नो फेसबुक पेजमार्फत ब्लेकलाई पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको जनाएको छ । 

३२ वर्षका देव्रे हाते ब्याट्सम्यान ब्लेकलाई कडा प्रहार र उत्कृष्ट फिल्डिङका लागी चिनिने गर्छन् ।

इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि असोज २३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिम ललितपुर प्याट्रियोट्स, भैरहवा ग्ल्याडिएटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र नेपाल क्रिकेट संघ (क्यान) बाट मान्यता पाइसकेको छ ।