आइपिएल

चेन्नईको कप्तानमा पुनः धोनी

चेन्नई । स्पिनर रबिन्द्र जडेजाले कप्तानबाट राजिनामा दिएसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) को क्लब (चेन्नई सुपर किग्सले पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पुनः टोली नेतृत्वको जिम्मेवारी दिएको छ ।

  धोनीले कप्तानी छोडेपछि प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा चेन्नइले जडेजालाई नयाँ कप्तानको रुपमा नियुक्त गरेको थियो । 

जारी सिजन स्वभाविक प्रदर्शन गर्नबाट चुकिरहेको चेन्नईले आठ खेलमा मात्र दुई खेल जितेको छ । १० टोली सहभागी प्रतियोगितामा चेन्नई ४ अंकसहित नवौं स्थानमा छ । 

जडेजाले जारी प्रतियोगितामा पाँच विकेट लिएका छन् भने २२.४० को औसतमा एक सय १२ रन जोडेका छन् । जडेजाले टोली नेतृत्व लिँदाको दबाबका कारण स्वभाविक लय गुमएकाले पदबाट राजिनामा दिएको बताएका छन् ।

‘रबिन्द्र जडेजा आफ्नो स्वभाविक लयमा फर्कनका लागि कप्तानीको जिम्मेवारीबाट हट्ने निर्णय लिएका छन्’, चेन्नईले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, 'उनले महेन्द्रसिंह धोनीलाई पुनः कप्तानीको जिम्मवारी लिन समेत  आग्रह  गरेका छन् । धानीले सो प्रस्ताव स्विकार गरिसकेका छन् ।

चेन्नईले गत सिजन कोलकत्ता नाइट राइडर्सलाई हराउँदै उपाधि जित्दा धोनीले टोलीको नेतृत्व सम्हालेका थिए । सन् २००८ बाट सुरु भएको आइपिएफको पहिलो सिजनबाटै धोनीले चेन्नाइको कप्तानी सम्हालेका थिए ।