चैत्र ११, २०८१ सोमबार | ०९:१६:५९
एन्फा कार्यसमिति बैठक आज बस्दै इटाली क्वार्टरफाइनलबाटै बाहिरियो डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा, बाहिरिए क्रोएसिया र नेदरल्यान्ड्स चेन्नईको विजयी सुरुआत मंगल महर्जनलाई यु-१९ टाेलीकाे सहायक प्रशिक्षकको जिम्मेवारी नेपाल कराते महासंघले दियाे एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनाम चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो पुलिस इशान किशनको शतकप्रेरित हैदराबादको सानदार सुरुआत एन्फा कार्यसमिति बैठक सोमबार बस्ने एन्फा कार्यसमिति बैठक आज बस्दै इटाली क्वार्टरफाइनलबाटै बाहिरियो डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा, बाहिरिए क्रोएसिया र नेदरल्यान्ड्स चेन्नईको विजयी सुरुआत मंगल महर्जनलाई यु-१९ टाेलीकाे सहायक प्रशिक्षकको जिम्मेवारी नेपाल कराते महासंघले दियाे एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनाम चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो पुलिस इशान किशनको शतकप्रेरित हैदराबादको सानदार सुरुआत एन्फा कार्यसमिति बैठक सोमबार बस्ने

धनगढीमा माघ अन्तिमबाट विद्यालयस्तरीय क्रिकेट हुने

धनगढी । धनगढीमा अर्को महिना विद्यालय स्तरीय यु १९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपिएल) हुने भएको छ ।

विद्यालयस्तरको क्रिकेटलाई उकास्दै राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा पाँच वर्षअघि देखि प्रतियोगितालाई निरन्तरता दिइएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिता माघ २२ देखि फागुन सात गतेसम्म चल्ने आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी गराए । उनका अनुसार प्रतियोगिताको विगतका संस्करणमा १६ टिमको सहमागिता रहने गरेको भए पनि यसपाली कैलालीका सात, कञ्चनपुरको एक र काठमाडौंका दुई गरी १० विद्यालय टिमको सहभागिता रहनेछ । प्रतियोगिताको स्तरवृद्धिका लागि सहभागी टिमको संख्या घटाइएको उनको भनाई छ ।

लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । ‘यसरी प्रतियोगिता गर्दा सबै सहभागीले समूह चरणमै चार खेल खेल्न पाउँछन् । जसबाट स्कुल स्तरमा लुकेर रहेका प्रतिभा पहिचानमा सहयोग मिल्छ,’ उनले भने ।

प्रतियोगितामा धनगढीको लिटल फ्लावर बोर्डिङ हाई स्कुल, लम्कीको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल, धनगढीकै स्टेपिङ स्टोन इङ्लिस स्कुल, तेघरीको सैनिक आवासीय महाविद्यालय, गेटाको विद्या भुषण पब्लिक स्कुल मोहनपुरको सहभागिता रहनेछ ।

यसैगरी अत्तरियाको सत्यवती एकेडेमी र होलिल्यान्ड सेकेन्डरी स्कुल, कञ्चनपुरको दोधारा चाँदनीस्थित शारदा सरस्वती मावि, काठमाडौंको हिमालयन ह्वाइट हाउस वल्र्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र उदीयमान खेलाडीले जनही १० हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक भूपीसिंह धामीले जानकारी गराए ।

धामीका अनुसार यही संस्करणबाट प्रत्येक खेलमा प्लेयर अफ दी म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC