भारतीय क्रिकेट

अन्तत : हरभजनको संन्यास

नयाँ दिल्ली । भारतका अफ स्पिनर हरभजन सिंहले शुक्रबार ४१ वर्षको उमेरमा सबै स्वरुपको क्रिकेटबाट संन्यासको औपचारिक घोषणा गरेका छन् ।

भारतका लागि लामो करियरमा हरभजनले एक सय तीन टेस्ट खेल्दै चार सय १७ विकेट लिएका छन् भने दुई सय ३६ एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सय ६९ विकेट लिएका छन् ।

यसैगरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा भने उनले मात्र २८ खेलमा २५ विकेट लिएका छन् ।

१९९८ मा बेङलोरमा अस्ट्रेलियाविरुद्ध खेल्दै टेस्टमा ‘डेब्यु’ गरेका हरभजनले पहिलो खेलमै ग्रेग ब्लेवेटलाई सिकार बनाएका थिए ।

त्यही वर्ष न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा करियर सुरु गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको पहिलो विकेटका रुपमा माट हर्न पवेलियन फर्किनुपरेको थियो ।