कार्तिक ९, २०८१ शुक्रबार | ११:५६:४१
आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा

पोखरा । अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की क्रिकेट क्लब जिल्लास्तरिय अन्तर क्लब एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।  

कांस्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा बिहीबार कांस्कीले माछापुच्छ्र्रे क्रिकेट क्लबलाई  १२२ रनले पराजित गर्यो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको कांस्की समूह ‘बी’ को शीर्षस्थानमा रह्यो ।

कांस्कीले प्रस्तुत गरेको ३२९ रनको लक्ष्य पछ्याएको माछापुच्छ्र्रे २७.४ ओभरमा ११० रनमै समेटियो । माछापुच्छे«का लागि प्रमोद बास्तोलाले २२, कविन सापकोटाले १८ र दिपेश खत्रीले १४ रन बनाए ।

कांस्कीका लागि रिजन बस्नेतले सात ओभरमा २९ रन खर्चदै सर्वाधिक पाँच तथा विश्वास पराजुलीले तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कांस्कीले निर्धारित ५० आभेरमा चार विकेट गुमाउँदै ३२८ रनको योगफल तयार पारेको थियो ।

कांस्कीका लागि अर्जुन कुमालले १२८ बलमा १८ चौका र तीन छक्काको मद्दतले सर्वाधिक १५१ रनको योगदान गरे । यसैगरी रोहित चन्दै ८३ बलमा समान चार चौका र छक्काको मद्दतले अविजित ८८, सोहिल कुँवलले ३३, आदित्य थापाले अविजित २२, सफल श्रेष्ठले २० र आयुष सैंन्जुले १४ रन बनाए ।

माछापुच्छ्र्रेका लागि कविन सापकोटाले दुई रितेश बराल र दिपेश खत्रीले समान समान एक विकेट लिए ।

कात्तिक १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सहयोग गरेको छ ।  


भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship