काठमाडौं । आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्यो ।
छनोट प्रतियोगिता कात्तिक १९ देखि २९ सम्म युएईमा हुँदैछ । प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् ।
नेपालले कात्तिक २१ गते थाइल्यान्ड, २२ गते कुवेत र २४ गते युएईको सामना गर्नेछ । यसैगरी नेपाल
कात्तिक २५ गते थाइल्यान्ड, २७ गते कुवेत र २८ गते युएईसँग पुनः खेल्ने छ ।
छनोट शीर्ष स्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउने छ ।
नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर), कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक