चैत्र ७, २०८२ शनिबार | २०:३०:३७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कायन र निम्ती च्याम्पियन

सांकेतिक तस्विर

काठमाडौं । चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु-८ को सिंगल्समा कायन चालिसे र निम्ती कुवँर बुधबार च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगितामा कायन ब्वाइज र निम्ती गर्ल्सतर्फ च्याम्पियन बने। कायनले टोनिस श्रेष्ठलाई १०-७, १०-३ तथा निम्तीले अमिरा गुप्तालाई १०-५,७-१०,१२-१० को सेटमा हराइन् ।

पुरुष सिंगल्समा राजवीर प्रधानले नेपाल नम्बर एक खेलाडी प्रदीप खड्कालाई ६-४-३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । 

राजवीरसँगै प्रणव मानन्धर, आयुष्मान घले र रितिक राणाले पनि सेमिफाइनल यात्रा तय गरेका छन् । 
प्रणवले प्रणव खनाललाई ६-२, ६-४, आयुष्मानले निसान श्रेष्ठलाई ७-५, ६-० तथा रितिकले निहालजंग राणालाई ६-४, ७-५ ले हराए ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको महिला सिंगल्समा अभिलाशा विष्ट र सुनिरा थापा सेमिफाइनलमा पुगेका छन् । अभिलाशाले आद्या पौडेलबाट वाक ओभर प्राप्त गर्दा सुनिराले भने समृद्धि महर्जनलाई ६-०, ६-३ ले हराइन् ।

पुरुष डबल्सको उपाधिका लागि प्रदीप खड्का र आयुष्मान घले तथा प्रणव खनाल र निहालजंग राणाको जोडी भिड्ने भएका छन् ।

गर्ल्स यु-९को सिंगल्समा नैरा घले र रजिशा जोशीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नैराले साहारा कायस्थलाई ४-०, ४-० तथा रजिशाले निम्ती कुवँरलाई समान ४-२ को सेटमा हराइन् ।

गर्ल्सकै यु-१० सिंगल्सको उपाधिका लागि सरा पन्त र नैरा घलेले प्रतिस्पर्धा गर्नेछन् । सराले ताभिशी राणा तथा नैराले थिया श्रेष्ठलाई हराए ।

पुरुष ६५ वर्षमाथिको सिंगल्समा कमल थापा र ध्रुव गुरुङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलमा कमलले ज्ञानेन्द्र ताम्राकारलाई समान ४–० र ध्रुबले बिदुर बिष्टलाई ४-०, ४-१ ले हराए ।

कमल थापा पुरुष ५५ वर्षमाथिको सिगल्सको फाइनलमा पनि पुगेका छन् । उनले फाइनलमा मनोजविक्रम शाहसँग  प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा कमलले उत्तम शेर्पालाई ६-०, ६-४, १०-८ को रोमाञ्चक सेटमा हराए । मनोजविक्रमले भने जीवन घिमिरेमाथि ०-६, ६-४, १०-८ को जित निकाले।

पुरुष ३५ वर्षमाथि उमेरसमूहको डबल्समा जितेन्द्र परियार र इलम दिक्षित तथा सन्तोष खत्री र सुवास बस्न्यातको जोडीबीच उपाधि भिडन्त हुने भएको छ ।

पुरुष ४५ वर्षमाथि डबल्समा महेश क्षेत्री र मानबहादुर कटवालको जोडी तथा दिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी फाइनलमा पुगेका छन् । पुरुषकै ५५ वर्षमाथि डबल्समा जीवन घिमिरे र सुदर्शन बिष्टको जोडी, उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, मनोज राणा र दिगेन्द्र श्रेष्ठको जोडी तथा शिवप्रसाद सेढाईं र हिमाल शाहको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो