पुस १७, २०८२ शुक्रबार | ०७:१२:१४
सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा

कायन र निम्ती च्याम्पियन

सांकेतिक तस्विर

काठमाडौं । चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु-८ को सिंगल्समा कायन चालिसे र निम्ती कुवँर बुधबार च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगितामा कायन ब्वाइज र निम्ती गर्ल्सतर्फ च्याम्पियन बने। कायनले टोनिस श्रेष्ठलाई १०-७, १०-३ तथा निम्तीले अमिरा गुप्तालाई १०-५,७-१०,१२-१० को सेटमा हराइन् ।

पुरुष सिंगल्समा राजवीर प्रधानले नेपाल नम्बर एक खेलाडी प्रदीप खड्कालाई ६-४-३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । 

राजवीरसँगै प्रणव मानन्धर, आयुष्मान घले र रितिक राणाले पनि सेमिफाइनल यात्रा तय गरेका छन् । 
प्रणवले प्रणव खनाललाई ६-२, ६-४, आयुष्मानले निसान श्रेष्ठलाई ७-५, ६-० तथा रितिकले निहालजंग राणालाई ६-४, ७-५ ले हराए ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको महिला सिंगल्समा अभिलाशा विष्ट र सुनिरा थापा सेमिफाइनलमा पुगेका छन् । अभिलाशाले आद्या पौडेलबाट वाक ओभर प्राप्त गर्दा सुनिराले भने समृद्धि महर्जनलाई ६-०, ६-३ ले हराइन् ।

पुरुष डबल्सको उपाधिका लागि प्रदीप खड्का र आयुष्मान घले तथा प्रणव खनाल र निहालजंग राणाको जोडी भिड्ने भएका छन् ।

गर्ल्स यु-९को सिंगल्समा नैरा घले र रजिशा जोशीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नैराले साहारा कायस्थलाई ४-०, ४-० तथा रजिशाले निम्ती कुवँरलाई समान ४-२ को सेटमा हराइन् ।

गर्ल्सकै यु-१० सिंगल्सको उपाधिका लागि सरा पन्त र नैरा घलेले प्रतिस्पर्धा गर्नेछन् । सराले ताभिशी राणा तथा नैराले थिया श्रेष्ठलाई हराए ।

पुरुष ६५ वर्षमाथिको सिंगल्समा कमल थापा र ध्रुव गुरुङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलमा कमलले ज्ञानेन्द्र ताम्राकारलाई समान ४–० र ध्रुबले बिदुर बिष्टलाई ४-०, ४-१ ले हराए ।

कमल थापा पुरुष ५५ वर्षमाथिको सिगल्सको फाइनलमा पनि पुगेका छन् । उनले फाइनलमा मनोजविक्रम शाहसँग  प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा कमलले उत्तम शेर्पालाई ६-०, ६-४, १०-८ को रोमाञ्चक सेटमा हराए । मनोजविक्रमले भने जीवन घिमिरेमाथि ०-६, ६-४, १०-८ को जित निकाले।

पुरुष ३५ वर्षमाथि उमेरसमूहको डबल्समा जितेन्द्र परियार र इलम दिक्षित तथा सन्तोष खत्री र सुवास बस्न्यातको जोडीबीच उपाधि भिडन्त हुने भएको छ ।

पुरुष ४५ वर्षमाथि डबल्समा महेश क्षेत्री र मानबहादुर कटवालको जोडी तथा दिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी फाइनलमा पुगेका छन् । पुरुषकै ५५ वर्षमाथि डबल्समा जीवन घिमिरे र सुदर्शन बिष्टको जोडी, उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, मनोज राणा र दिगेन्द्र श्रेष्ठको जोडी तथा शिवप्रसाद सेढाईं र हिमाल शाहको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् । 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC