काठमाडौं । आइसिसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियताको ब्याटिङतर्फ नेपालका कुशल भुर्तेलले छलाङ मारेका छन् ।
आइसिसी जारी गरेको नयाँ वरियातामा कुशल ३१ स्थान सुधार गर्दै ९९औं स्थानमा उक्लिए ।
यसैगरी दीपेन्द्रसिंह ऐरी ४६, कप्तान रोहितकमार पौडले ५९ र आसिफ शेख ६९औं स्थानमा छन् । दीपेन्द्र दुई स्थान तल झर्दा रोहितले चार र आसिफले दुई स्थान सुधार गरे ।
वरियाताको शीर्षस्थानमा अस्ट्रेलियाका ट्राभिस हेड कायम छन् ।
यसैगरी बलिङतर्फ दीपेन्द्रसिंह ऐरी ६१ र सोमपाल कामी ९२औं स्थानमा छन् । दीपेन्द्र तीन स्थान खस्किँदा सोमपालले तीन स्थान सुधार गरेका छन् ।
वरियताको शीर्षस्थानमा इङ्ल्यान्डका रासिद खान छन्
यस्तै अलराउन्डरतर्फ दीपेन्द्र दोस्रो स्थानमा यथावत छन् । यसैगरी गुल्शन झा ३८, कुशल मल्ल ४३, कुशल भुर्तेल ५० र रोहितकुमार पौडेल ५१औं स्थानमा छन् ।
गुल्शनले ११ र कुशल भुर्तेलले सात स्थान सुधार गर्दा कुशल मल्ल एक स्थान झरे । रोहितको वरियतामा कुनै परिवर्तन भएको छैन ।
अलराउन्डरतर्फ शीर्षस्थानमा इङ्ल्यान्डका लियम लिभिङ्गस्टोन छन् ।