सिन्धुपाल्चोक । चौथो मालिकादेवी कपको खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको क्वार्र्टरफाइनल समीकरण पूरा भएको छ।
बुधबार प्रि-क्वार्टरफाइनलका चार खेल भएसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लाग्यो ।
दिनको पहिलो खेलमा वारियर्स एफसीले स्याउले टिम शिल्डलाई २-१ ले गर्यो ।
दोस्रो खेलमा सुनकोशी ‘बी’ले साँगाचोक युथ क्लवलाई पेनाल्टी स्टआउटमा ५-४ ले हरायो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।
तेस्रो खेलमा चौतारा स्पोर्टिङ क्लबले सिंहमती युब क्लबलाई ३-० ले पराजित गर्यो ।
यस्तै, दिनको चौथो तथा अन्तिम खेलमा साबिक विजेता रोयल फ्यामिलीले रानीटार युवा क्लबलाई ३-० ले हरायो ।
क्वार्टरफाइनलका खेल बिहीबार हुनेछन् । क्वार्टरफाइनलमा सुकुटे युवा जागरण मन्चले राई एफसी, वारियर्सले सुनकोशी ‘बी’ चौतारा स्पोर्टिङ क्लबले पोखरे युवा समाज तथा रोयल फ्यामिलीले र धार्पा युवा क्लबको सामना गर्नेछन् ।