चैत्र १४, २०८२ शनिबार | १०:५४:१३
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

भट्टराईलाई एन्फामा कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा सहमहासचिव दामोदर भट्टराई (बद्री)लाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ ।

महासचिव किरण राईले आफू विदेश भ्रमणमा जान लाग्दा सहायक महासचिव भट्टराईलाई यही कात्तिक ६ बाट लागु हुने गरि आफू नआएसम्मका लागि कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन् ।

भट्टराईलाई सम्बोधन गर्दै लेखिएको पत्रमा महासचिव राईले आफू फिफा र एएफसीको कार्यक्रममा भाग लिन लाट्भिया र दक्षिण कोरिया लगायतका देशको भ्रमणमा जान लागेकोले कार्यवाहक महासचिवमा नियुक्त गरिएको उल्लेख गरेका छन् ।

पत्रमा राईले लेखेका छन्, ‘फिफा र एएफसीको विभिन्न कार्यक्रमहरुका लागि लाटभिया र दक्षिण कोरिया लगायतका देशहरुमा एन्फाको प्रतिनिधिको रुपमा सहभागी हुन जाने भएको हुँदा कात्तिक ६ गतेदेखि नेपाल नआएसम्मका लागि तपाईंलाई एन्फाको कार्यवाहक महासचिवको जिम्मेवारी प्रदान गरिएको जानकारी गराउदछु ।’

एन्फामा दुई वर्षअघि अध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानल निर्वाचित भएपछि भट्टराईलाई सहायक महासचिवमा नियुक्त गरिएको थियो । नेम्वाङ निर्वाचित भएको साधारणसभामा भट्टराईले निर्वाचन समितिको सदस्यसचिवको भूमिकामा काम गरेका थिए ।

नेपाली  कांग्रेसको राजनीतिमा सक्रिय भट्टराई कांग्रेस काठमाडौं ४ का क्षेत्रीय सचिव हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो