माघ १७, २०८२ शनिबार | ११:०२:४७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

कमल थापालाई दोहोरो उपाधि

फाइल तस्विर

काठमाडौं । कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमल पुरुष ५५ र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा च्याम्पियन बने ।

कमलले ५५ वर्षमाथिको फाइनलमा मनोजविक्रम शाहलाई समान ७-६, ७-६ ले हराए । उनले ६५ वर्षमाथिमा ध्रुव गुरुङलाई ४-०, ४-० को सेटमा पराजित गरे ।

यसैगरी महिला सिंगल्सको उपाधिका लागि अभिलाशा बिष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलमा अभिशालाले प्रज्ना मानन्धरलाई ६-१, ६-१ तथा सुनिराले स्वस्तिका बिष्टलाई ६-०,६-१ ले पराजित गरे ।

पुरुष सिंगल्समा राजवीर प्रधान र रितिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६-१ र ६-३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा रितिकले आयुष्मान हजुर घलेमाथि ६-१, ६-१ को जित निकाले ।

यसैगरी पुरुष डबल्समा प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जंगबहादुर थापाको जोडीलाई ६-४, ६-३ ले हराए ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन बन्यो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६-१, ३-६,१०-८ ले पराजित गर्यो।

यु-१२ को गर्ल्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन भए । अनुश्रीले सारा पन्तलाई ६-१, ६-२ र विश्वले आरित मल्ललाई २-६, ६-१, ६-१ ले हराए ।

यु-९ गर्ल्स सिंगल्समा नैरा घले रजिशा जोशलाई ४-१,४-० ले हराउँदै च्याम्पियन बनिन् । यु-१४ गर्ल्स सिंगल्सको उपाधि शिभाली गुरुङले जितिन् । उनले इरा खत्रीलाई ६-०, ६-० ले निरास बनाइन् ।

गर्ल्सकै यु-१० सिंगल्समा सरा पन्तले सरा पन्तलाई २-६, ६-०, १०-५ ले हराउँदै उपाधि जितिन्।

यस्तै, ब्वाइज यु-९ को सिंगल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४-१, ५-३ तथा कायनले अबिर केडियालाई ४-०, ४-१ ले हराए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।