काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले भारतका नन्दन फडनिसलाई मुख् प्रशिक्षकमा नियुक्त गरेको छ ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत फडनिसलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको जानकारी दियो ।
फडनिस हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकको जिम्मेवारीमा छन् ।
लुम्बिनीको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा लुम्बिनीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship