कार्तिक ९, २०८१ शुक्रबार | १२:०१:५८
आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा

भक्तपुर । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा सेमिफाइनल समीकरण पूरा भएको छ । 

मध्यपुर युथ एसोसियसनको खेल मैदानमा बिहीबार आ-आफ्नो खेल जित्दै हाम्रो धरान भेट्रान टिम, फ्रिडम फाइटर, त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले अन्तिम चारको यात्रा तय गरे ।

पहिलो क्वार्टरफाइनलमा हाम्रो धरानले सरस्वतीनगर भेट्रान टिम लाई सडनडेथमा १०-९ ले पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

दोश्रो क्वार्टरफाइनल खेलमा फ्रिडम फाइटरले वानेश्वर फ्रेन्डसिपलाई ४-१ ले निरास पार्यो । फ्रिडमका लागि कृष्ण शाक्य, विकर्ण श्रेष्ठ, दिपक लामा र तेज वहादुर गलामीले गोल गर्दा वानेश्वरका लागि हरिहर थापाले गोल फर्काए ।

तेश्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मीले किंगकम स्पोर्टस क्लबलाई ५-३ ले पराजित गर्यो । आर्मीका लागि सन्तोष नेपालीले ह्याट्रिक गरे भने हर्कराज गुरुङ र कप्तान शशिकिरण रायमाझीले समान एक गोल थपे । 

चौथो तथा अन्तिम क्वार्टरफाइनलमा ठमेलले एनआरटीलाई ३-० ले हरयो । ठमेलका लागि टासी छिरिङ, भेषराज लिम्बु र मित्रबहादुर बस्नेतले गोल गरे ।

 शुक्रबार हुने सेमिफाइनलमा हाम्रो धरान र फ्रिडम फाइटर तथा आर्मी र ठमेल प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship