टी-१० क्रिकेट

टी-१० इन्डोर क्रिकेट साउन तेस्रो साता

काठमाडौं । भक्तवीर सिंह तुलाधर फाउन्डेसन खुला इन्डोर टी-१० क्रिकेट प्रतियोगिताको पहिलो संस्करण साउन २२ देखि २६ सम्म हुने भएको छ ।

भेलोसिटी इन्डोर क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ८० हजार, उपविजेतालाई ८० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने छ ।  

यसैगरी कटियाला हाउस प्रालिको आयोजनमा हुने प्रतियोगिताकाे सर्वोकृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याटर र बलरले जनही ५ हजार र ‘प्लेयर अफ द म्याच’ ले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगिताका क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल राष्ट्रिय टेलिभिजनलगायत विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।