काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक भएको छ ।
प्रशिक्षक राजेन्द्र तामाङले सोमबार बिहान टोलीमा जोडिएकी फरवार्ड सावित्रा भण्डारीलाई समावेश गर्दै सुरुआती ११ सार्वजनिक गरेका छन् । त्यस्तै माल्दिभ्सविरुद्ध बेन्चमा बसेकी कप्तान अन्जिला तुम्बाप्पो सुब्बा, अमिषा कार्की र अमृता जैसीले सुरुआती ११ मा परेका छन् ।
पहिलो खेलमा नेपालले भुटानविरुद्ध दुर्भाग्यजनक बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११-० को फराकिलो जित हासिल गरेको थियो ।
नेपालको सुरुआती ११
अन्जिला तुम्बाप्पो सुब्बा(कप्तान) , विमला बिक, रेनुका नगरकोटे, सरु लिम्बु, अमिषा कार्की, गीता राना, रेखा पौडेल, प्रीति राई, अमृता जैसी, सवीता रानामगर, सावित्रा भण्डारी
भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship