कार्तिक ९, २०८१ शुक्रबार | १०:३२:०६
कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता श्रीलंकाविरुद्ध कप्तान अन्जिला र सावित्रा सुरुआती रोजाईमा कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता श्रीलंकाविरुद्ध कप्तान अन्जिला र सावित्रा सुरुआती रोजाईमा

दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

तस्विरः क्यान

काठमाडौं । नेपाली महिला टोली श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्धको दोस्रो ट्वान्टी-२० अभ्यास खेलमा पनि पराजित भएको छ ।

बुधबार सम्पन्न खेलमा नेपाल चार विकेटले पराजित भयो । नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य श्रीलंकन टोलीले एक बल बाँकी ६ विकेट गुमाउँदै छँदा पूरा गर्यो ।

श्रीलंकन टोलीका लागि सिनार्थनेले २७, सन्दीपनीले अविजित १९, इमिका मेन्डिसले १७ र मदराले अविजित १६ रन बनाए ।

नेपालका लागि किर्तिका मरासिनी, सबनम राई, कप्तान इन्दु बर्मा र कविता जोशीले समान एक विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कविता कुँवरले २९, इन्दु बर्माले अविजित २८ र सम्झना खड्काले ११ रन बनाए । 

श्रीलंकन टोलीका लागि दुलानी,थरिक सिवान्गी, दिवामी भिहन्गा र सन्दीनु निसान्सलाले समान एक विकेट लिए ।

पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो । तेस्रो तथा अन्तिम अभ्यास खेल साउन १ गते हुनेछ ।

नेपालले एसिसी महिला एसिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्ध अभ्यास खेल खेलिरहेको हो । 
 


भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship