काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्धको महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।
चेन्नईस्थित एमए चिदमबरम क्रिकेट मैदानमा बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतले १० विकेटको सानदार जित निकाल्यो ।
यससँगै भारत तीन खेलको शृंखलामा ११ काे बरारबरीमा सकिएकाे छ । पहिलो खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी हुँदा वर्षाका कारण दोस्रो खेल विना नतिजा टुंगिएको थियो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ८५ रनको लक्ष्य भारतले १०.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । भारतका लागि स्मृति मन्धनाले ४० बलमा आठ चौका र दुई छक्काको मद्दतले ५४ र शफाली वर्माले २७ रनको योगदान गरेका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनको योगफल तयार पारेको थियो ।
दक्षिण अफ्रिकाका लागि तज्मिन बिर्ट्जले २०, एनेक बोशले १७ र म्यारिजेन कापले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि पूजा वस्त्राकरले ३.१ ओभरमा १३ रन खर्चिदै चार विकेट लिइन् । यसैगरी राधा यादवले तीन तथा अरुन्धती रेड्डी, श्रीयान्का पाटिल र दिप्ति शर्माले समान एक विकेट हात पारे ।