डेभिड वार्नर

संन्यास फिर्ता लिएर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने वार्नरको इच्छा

काठमाडौं । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले संन्यास फिर्ता लिँदै पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन चाहेको बताएका छन् ।

भर्खरै सम्पन्न ट्वान्टी-२० विश्वकपमा सुपर-८ बाट बाहिरिएसँगै वार्नरले ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका थिए । एकदिवसीय र टेस्टबाट भने उनले गत वर्ष संन्यासको घोषणा गरेका थिए ।

वार्नरले सामाजिक सञ्जालमार्फत अर्को पाकिस्तानमा वर्ष हुने आइसिसी च्याम्पियन्स ट्रफी खेल्न चाहेको बताएका छन् ।

‘म केही समय फ्रेन्चाइज क्रिकेट खेल्ने छु । यदी अवसर पाएमा च्याम्पियन्स राष्ट्रिय टोलीबाट ट्रफीमा खेल्न पनि तयार छु,’ वार्नरले भनेका छन्, ‘अस्ट्रेलियाले पछिल्ला वर्षमा अविश्वसनीय सफलता पाएको तर अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ , यो कुरा कप्तान, प्रशिक्षक र कोचिङ स्टाफ सबैलाई थाहा छ ।’

वार्नरले टेस्टमा ८,७८६, एकदिवसीयमा ६, ९३२ र ट्वान्टी २० अन्तर्राष्ट्रियमा ३,२७७ रन बनाएका छन् ।