पारा तथा विशेष खेलकुद

नेत्रहीन क्रिकेटः टिम ‘बी’ च्याम्पियन

काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत नेत्रहीन क्रिकेट प्रतियोगितामा टिम ‘बी’ च्याम्पियन बनेको छ । मुलपानीमा भएको प्रतियागितामा सहभागी ३९ खेलाडीलाई तीन समूहमा विभाजन गरिएको थियो । 

एकअर्कासँग समान एक खेल खेलपछि शीर्ष स्थानमा रहेको टीम ‘बी’ च्याम्पियन बनेको थियो । यसैगरी टिम ‘ए’ दोस्रो र टिम ‘सी’ तेस्रो स्थानमा रहेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी थिए ।

विजेतालाई राखेपकी सदस्य विना श्रेष्ठलगायतले पुरस्कृत गरे । यसै प्रतियोगिताको प्रदर्शनलाई आधार मानेर पाकिस्तानमा हुने नेत्रहीन क्रिकेट विश्वकपका लागि खेलाडी छनोट गरिने संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जनाएका छन् ।