जेष्ठ १, २०८२ बुधबार | १६:३९:३५
क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै सेभियाको कठिन जित भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै सेभियाको कठिन जित भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज

एसिसी महिला एसिया कपः उद्घाटन खेलमा नेपालले युएईको सामना गर्ने

फाइल तस्विर

काठमाडौं । आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कपको उद्घाटन खेलमा नेपालले युएईको समान गर्ने भएको छ । 

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित तालिका अनुसार उद्घाटन खेल जुलाई १९ मा हुनेछ ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानविरुद्ध  थियो । समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपालले कसरी खेल्न पायो एसिया कप

एसिसीले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसिसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो।

तर, पछि एसिसीले मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो ।

योसँगै नेपाली महिला टोलीले  तेस्रो पटक एसिया कपमा सहभागिता जनाउने भएको छ। नेपालले यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP