एसिसी प्रिमियर कप

मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपालले मलेसियासामू १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४३ रनको योगफल तयार पार्यो ।

मलेसियाका लागि कप्तान वीरनदिप सिंहले ५७ बलमा समान चार छक्का र चौकाको मद्दतले अविजित ७२ रनको योगदान गरे । यसैगरी सार्विन मुनिएन्डी ४१ र महोम्मद आमिरले १६ रन बनाए । 
दोस्रो विकेटका लागि सिंह र मुनिएन्डीले ८२ रनको साझेदारी गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अविनाश बोहराले एक विकेट लिए ।