एसिसी महिला प्रिमियर कप

एसिसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसिसी महिला प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

बन्द प्रशिक्षणबाट यशोदा विष्ट, खुसी डंगोल, सबनम राई र लक्ष्मी साउद बाहिरिएका छन् ।  प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ ।

प्रतियोगितामा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्यक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एसिया कपका लागि छनोट हुनेछन् ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा विष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पुजा महतो, कविता कुँवर