आइसिसी यु-१९ विश्वकप

अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

काठमाडाैं । नेपालले आइसिसी यु-१९ विश्वकपमा समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तान पहिलो पावर प्ले (सुरुआती १० ओभर) सकिँदा ३५-५ को स्थितीमा छ ।

अफगानिस्तानका लागि  हसन इसाखिल १५ रन बनाएर खेलिरहेका छन् । नेपालका लागि आकाश चन्दले पाँच ओभरमा नौ रन खर्चिएर विकेट लिएका छन् । यसैगरी गुल्सन झाले पाँच ओभरमा एक मेडनसहित १७ रन खर्चिर एक विकेट लिए ।

नेपाल र अफगानिस्तान यु-१९ विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेका छन् ।

दुवै टोली पहिलो जित निकाल्दै सुपर सिक्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् । यसअघि नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ रन र न्युजिल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।