चैत्र ७, २०८२ शनिबार | ०४:३४:०७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन बार्सिलोना

समस्यामा जकडिएको बार्सिलोना

काठमाडाैं । धेरैका लागि प्रिय क्लब हो बार्सिलोना । तर अहिले यही क्लबमा सबथोक राम्रो चलिरहेको छैन । अझभन्दा हुन्छ, बार्सिलोनामा समस्या नै समस्या छ । समस्या मैदान बाहिर छ, मैदानभित्र पनि छ । मैदानभित्रको समस्याले भने धेरैलाई चिन्तित बनाएको हो ।

बार्सिलोनाको प्रदर्शनले देखाइरहेको छ, यो सिजन टोलीले केही जित्न सक्ने छैन । कुरा त्यतिमात्र होइन, टिमको प्रदर्शन यत्तिकै रहने हो भने आउँदो सिजनका लागि ठूलै परिवर्तन गर्नुपर्नेछ ।

यसै साता बार्सिलोना कोपा डेल रेबाट बाहिरियो । अतिरिक्त समय चलेको खेलमा बार्सिलोना एथलेटिक बिलबाओको हातबाट ४–२ ले पराजित भएको हो । लिगमा पनि टिमको स्थिति राम्रो छैन ।

भलै, बार्सिलोनाको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनामा निर्णायक धक्का भने हुने छैन । अहिले तत्कालका लागि स्पेनी ला लिगामा जिरोना शीर्षस्थानमा छ । बार्सिलोना ८ अंकले जिरानाभन्दा पछाडि छ । तेस्रो स्थानमै रुमल्लिएको छ टिम ।

स्पेनी सुपर कपको फाइनलमा रियल म्याड्रिडसँग पनि बार्सिलोना पराजित रह्यो । साउदी अरेबियामा भएको त्यस फाइनलमा बार्सिलोना एकपक्षीय ढंगले ४–१ ले पराजित रहेको हो । 

आफ्नो प्रमुख प्रतिद्वन्द्वीसँगको पछिल्ला तीन खेलमा बार्सिलोना पराजित भएको छ । त्यसको अर्थ के भने रियलको अगाडि बार्सिलोना फिक्का देखिन थालेको छ । त्यसैले त अब ‘एल क्लासिको’ त्यस्तो रहेन भनिन्छ । जस्तो पहिलो थियो पूरा स्पेन नै सुनसान पार्न सक्ने ।

खासमा समस्या के त रु स्पेनी मिडियालाई मान्ने हो भने सम्भवतः बार्सिलोनाको सबैभन्दा ठूलो समस्या भन्नु नै प्रशिक्षक जाभी हुन् । त्यो त जाभी बार्सिलोनाका लागि लिजेन्ड नै हुन् ।

जुन समय बार्सिलोना र स्पेनले पछिल्लो पटक विश्व फुटबलमा तहल्का मच्चाइरहेको थियो । त्यो समयका एक प्रमुख खेलाडी हुन् उनी । खेलाडीका रूपमा त उनी गजब नै थिए । प्रशिक्षकका रूपमा पछिल्लो सिजन बार्सिलोनाले उनकै नेतृत्वमा लिग पनि जित्यो ।

यसपल्ट यस्तै सफलता दोहोरिने छाँट छैन । भनेपछि बार्सिलोनाले लिग उपाधिको रक्षा गर्न सक्ने छैन । लगातारको प्रदर्शनले जाभीविरुद्ध खेलाडीले गुपचुप विद्रोह गरिरहेका छन् भन्ने समाचार पनि आइरहेको छ । 

अथवा भनौं, जाभीले खेलाडीको विश्वास गुमाउन थालेका छन् । साता दिनअघि मात्रै जाभी आफैंले क्लब र खेलाडीलाई मर्का पर्ने गरेर प्रशिक्षकमै रहने आफ्नो इच्छा नभएको बताएका थिए । तर, उनको दाबी के छ भने खेलाडीले उनीमाथि विश्वास नै भने गर्न छाडेका छैनन् ।

एउटा तथ्य भने निश्चित छ बार्सिलोनाको ड्रेसिङ रूममा अहिले सबथोक राम्रो छैन । जतिबेला टिमको प्रदर्शन खराब हुन थाल्छ, यही ड्रेसिङ रूम त हो सबैभन्दा पहिले स्पष्ट कलह देखिने । क्लब व्यवस्थापनले भने जाभीलाई बर्खास्त गरिहाल्ने संकेत भने देखाएको छैन । 

यसको एकमात्र कारण हो, युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको कायम रहेको चुनौती । अन्तिम १६ को खेलमा टोलीको प्रतिद्वन्द्वी नेपोली रहनेछ र क्लबलाई विश्वास छ, कम्तीमा यो प्रतियोगितामा राम्रो गर्न सकिनेछ ।

जाभी आफैंले पछिल्लो पटक ठीकै बोलेका छन् । उनको भनाइ थियो, ‘बार्सिलोना ठूलो क्लब हो, यत्तिको क्लबले खाली खेल्ने मात्र होइन, जित्न पनि आवश्यक छ ।’

त्यो भनेको उपाधि नै हो । यो सिजनको अन्त्यमा बार्सिलोनाले साँच्चै केही पनि जित्न सकेन भने जाभीले क्लब छाड्ने निश्चित देखिन्छ । च्याम्पियन्स लिगको यात्रा जति चाँडै सकिन्छ, हुनसक्छ जाभीको आवद्धता पनि त्यति नै चाँडो सकिनेछ । निचोड के हो भने बार्सिलोना समस्यामै ग्रुजिरहेको छ ।