जुनियर क्रिकेट

जुनियर कपः डिस्कभरी, विद्याभूषण, एरिष्टो र धनगढी सेमिफाइनलमा

धनगढी । डिस्कभरी स्कुल, धनगढी नमूना मावि, विद्याभूषण स्कुल र एरिष्टो स्कुल धनगढी क्रिकेट एकेडेमी (डिसिए)को आयोजनामा जारी स्टेपिङ स्टोन इङ्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बिहान हुने पहिलो सेमिफाइनलमा डिस्कभरी स्कुल र धनगढी नमूना मावि तथा दिउँसो हुने अर्को सेमिफाइनलमा विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने छन् ।

प्रतियोगितालाई धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ । त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, मालिकार्जुन हार्डवेयर एसपिए कलेज, ब्रेड बक्स क्याफेलगायतको सहयोग छ।

प्रतियोगिताको फाइनल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले ३० तथा उपविजेताले १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ, डिसिएमा निःशुल्क भर्ना सहित चार महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले १ हजार रुपैयाँ, डिसिएमा निःशुल्क भर्ना सहित दुई महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने आयोजक डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए ।