ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला

भारतले दियो अस्ट्रेलियालाई २ सय २३ रनको लक्ष्य

काठमाडौं । रुतुराज गायकवाडको शतकप्रेरित भारतले ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा अस्ट्रेलियासामू २ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

गुवाहटीस्थित बर्सापारा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय २२ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि रुतुराजले ५७ बलमा १३ चौका र सात छक्काको मद्दतले अविजित १ सय २३ रनको योगदान गरे  । यसैगरी कप्तान सूर्यकुमार यादवले ३९ र तिलक वर्माले अविसजत ३१ रन बनाए ।

रुतुराजले चौथो विकेटका लागि तिलकसँग अविजित १ सय ४१ तथा  तेस्रो विकेटका लागि सूर्यकुमारसँग ५७ रनको साझेदारी गरे ।

 अस्ट्रेलियाका लागि केन रिचर्डसन जेसन बेहरनड्रफ र आरोन हार्डीले समान एक विकेट लिए ।

भारत आजको खेल जित्दै दुई खेल अगावै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । यसअघि भारत दुई विकेट र ४४ रनले विजयी भएको थियो ।