आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः अस्ट्रेलियाले दियाे भारतलाई २ सय रनकाे लक्ष्य

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले आयोजक भारतसामू २ सय रनको समान्य लक्ष्य प्रस्तुत गरेको छ । 

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया ४९. ३ ओभरमा १ सय ९९ रनमा समेटियो । 

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ७१ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ४६ रनको योगदान गरे । यसैगरी डेविड वार्नरले ४१, मिचेल स्टार्चले २८,  मार्नुस लाबुसेनेले २७ तथा कप्तान प्याट कमिन्स र ग्लेन म्याक्सवेलले समान १५ रन बनाए । 

दोस्रो विकेटका लागि स्मिथ र वार्नरले ६९ रनको साझेदारी गरेका थिए । 

भारतका लागि रविन्द्र जडेजाले ३, जसप्रित बुमराह र कुलदीप यादवले समान २ तथा हार्दिक पान्ड्या, मोहम्मद सिराज र रविचन्द्रन आश्विनले १ विकेट लिए ।