ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपाल टस हारेर ब्याटिङमा

काठमाडाैं । मलेसियामा जारी चार देश सम्मिलित महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले  कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ ।

बायोमास ओभलमा नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुने खेलमा कुवेतकी कप्तान आमना शरिफ तारिकले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकी हुन्  ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा मंगलबार हङकङविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

कुवेत पनि नेपाललाई स्तब्ध बनाउँदै पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा कुवेत घरेलु टोली मलेसियासँग ८ विकेटले पराजित भएको थियो ।

आइसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृंखला खेलिरहेका छन् ।