ट्वान्टी-२० शृंखला

हङकङले दियो नेपाललाई ८५ रनको लक्ष्य

फाइल फोटो

काठमाडौं । चार देश सम्मिलित ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा हङकङले नेपालसामू ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको बायोमास रंगशालमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ ओभरमा सबै विकेट गुमाउदै ८४ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि का इङ चानले ३४ र शिंग चानले १६ रन बनाउनु बाहेक अन्य ब्यटारले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि सीता राना मगरले चार ओभरमा १६ रन खर्चिदै पाँच विकेट लिइन् । सीता ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पाँच विकेट लिने चौथो नेपाली बलर हुन् । यसअघि सन् २०१९ मा अन्जली चन्दले माल्दिभ्स र नेरी थापाले हङकङविरुद्ध समान ६ तथा गतवर्ष अस्मिना कर्माचार्यले युएईविरुद्ध पाँच विकेट लिएका थिए । 

यसैगरी इन्दु बर्माले दुई तथा  कप्तान रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए । 

पूजाले यही खेलमार्फत नेपाली सिनियर महिला टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यू गरेकी हुन् ।